वीरगंज, ४ वैशाख –
वीरगंजस्थित टीबी शाह क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले सुरुवाती इनिङ्समा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन। आर्मीको कसिलो बलिङका कारण सुदूरपश्चिम दबाबमा देखिएको छ।
खेलको पहिलो इनिङ्सको अवस्थालाई हेर्दा आर्मी बलियो स्थितिमा देखिएको छ र उपाधि जित्ने सम्भावना बढेको अनुमान गरिएको छ।
तस्वीर // क्यान









