मधेसका स्थानीय तहमा उपसचिव टिक्नै नसक्ने अवस्था, निमित्तकै भरमा प्रशासन

वीरगंज, ४ वैशाख –

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ जना उपसचिवको सरुवा सूची सार्वजनिक गरे पनि मधेसका केही स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत टिक्न नसक्ने समस्या कायमै देखिएको छ।

पर्साको पोखरिया र बहुदरमाई नगरपालिका, बाराको सिम्रौनगढ र पचरौता, रौतहटको कटहरिया, सर्लाहीका बलरा र मलङ्गवा तथा महोत्तरीको रामगोपालपुर नगरपालिकामा हालसम्म पनि निमित्तकै भरमा प्रशासन सञ्चालन भइरहेको छ।

स्थानीय तह निर्वाचन भएको झण्डै चार वर्ष पुग्न लाग्दा पनि यी पालिकामा पटक–पटक अधिकृत खटाइए पनि उनीहरू केही समयमै सरुवा माग्दै फर्किने गरेका छन्। कार्यालयको अव्यवस्था, जनप्रतिनिधिको दबाब र विगतका निर्णयका कारण अख्तियारको त्रासले कर्मचारी टिक्न नसकेको बताइन्छ।

यसका कारण ती पालिकामा बेरुजू बढ्दै गएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारबाट प्रशासन सुधारको अपेक्षा भइरहेका बेला मन्त्रालयले सरुवा प्रक्रिया अघि बढाए पनि समस्या समाधान हुन सकेको छैन।

सम्बन्धित पोस्टहरुः