वीरगंज, ४ वैशाख। धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगमा नयाँ विद्यालय भवनको निर्माण कार्य शुरू भएको छ। ुउच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत बटेश्वर गाउँँपालिका–३ स्थित श्री जनशक्ति माध्यमिक विद्यालयको विद्यालय भवनको आज एक विशेष समारोहका बीच शिलान्यास गरिएको हो।
भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत देवी सहाय मीना र बटेश्वर गाउँपालिकाका अध्यक्ष श्री राम आशिष महतोले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गर्नुभयो।
भारत सरकारको नेपाली रुपियाँ ३४.५ मिलियन (३ करोड ४५ लाख) को आर्थिक सहयोगमा नयाँ भवन चार तल्ले हुनेछ, जसमा आधुनिक कक्षा कोठाहरू र अन्य आवश्यक सुविधाहरू उपलब्ध रहनेछन। यो परियोजना बटेश्वर गाउँँपालिका मार्फत प्रत्यक्ष रूपमा कार्यान्वयन गरिनेछ।
शिलान्यास समारोहमा बोल्दै गाउँँपालिका अध्यक्ष महतो, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूले शिक्षा क्षेत्रको विकासका लागि भारत सरकारले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो।
भारत र नेपालबीचको गहिरो विकास साझेदारीलाई यस परियोजनाले थप सुदृढ बनाउने विश्वास गरिएको छ। नेपाल सरकारको विकास लक्ष्यलाई सघाउन भारतले स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा ुउच्च प्रभाव सामुदायिक विकास परियोजनाु मार्फत निरन्तर सहयोग गर्दै आएको छ।