वीरगंज ०४ बैशाख । बेवारिसे शवहरूको सम्मानजनक व्यवस्थापन तथा सडकमा अलपत्र परेका व्यक्तिहरूको उद्धार र पुनर्मिलन गर्ने उद्देश्यले ‘वेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्र’ गठन गरिएको छ।
शुक्रवार वीरगंजमा आयोजित कार्यक्रममा विजय श्रीवास्तवको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो।
केन्द्रका संस्थापक विजय जंग बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नवगठित समितिको सचिवमा आरोही श्रीवास्तव, रिंकी कुमारी कुम्हार र प्रेरणा श्रीवास्तव चयन भएका छन् । त्यसैगरी उप–सचिवमा नारायण श्रीवास्तव, लेखापालमा आराध्या श्रीवास्तव, महिला विभाग प्रमुखमा रिता श्रीवास्तव तथा मिडिया कोअर्डिनेटरमा आराध्य श्रीवास्तव चयन गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक बस्नेतले विगत १६ वर्षमा ७ हजार ७ सय ३८ वटा वेवारिसे शवहरूको सद्गत गरिएको जानकारी दिनुभयो। सडकपेटीमा भेटिने वेवारिसे शवहरूको उचित र सम्मानजनक व्यवस्थापन नभएको देखिएपछि काठमाडौंबाट यो अभियान शुरू गरिएको उहाँले उल्लेख गर्नुभयो।
यस अभियानलाई निरन्तरता दिन आफूले व्यक्तिगत रूपमा दुर्ई रोपनी जग्गा बिक्री गरेर लगानी गरिसकेको समेत बस्नेतले जानकारी दिनुभयो। हालसम्म काठमाडौं लगायत देशका ५४ जिल्लामा सेवा विस्तार गरिसकेको संस्थाले अब पर्सा जिल्लामा पनि वेवारिसे शवहरूको व्यवस्थापन गर्ने र सडकमा भेटिने बेवारिसे व्यक्तिहरूको हेरचाह गर्दै उनीहरूलाई आफन्तसँग पुनर्मिलन गराउने लक्ष्य लिएको छ।
केन्द्र गठनसँगै पर्सामा सामाजिक उत्तरदायित्वको क्षेत्रमा महŒवपूर्ण पहल हुने विश्वास गरिएको छ।