सशस्त्र प्रहरी गण पर्साको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज, ४ वैशाख –

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

वीरगंज महानगरपालिका–१४ पिपरास्थित गण परिसरमा सम्पन्न कार्यक्रम सशस्त्र प्रहरी गणको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्साको सहकार्यमा सञ्चालन गरिएको हो।

कार्यक्रममा स्थानीयवासीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

रक्तदान कार्यक्रममा २६ जना सशस्त्र प्रहरी कर्मचारी र १२ जना सर्वसाधारण गरी कुल ३८ जनाले रक्तदान गरेका छन्।

कार्यक्रममार्फत मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले रक्तदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः