वीरगंज , ५ बैशाख –
गृहमन्त्री सुधन गुरुङले भन्सार प्रणाली सुधारका विषयमा मधेससहित दुई प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्। आयोजित छलफलमा गृहमन्त्री गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदहरूसँग सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा भन्सार प्रणाली सुधारका उपायबारे सुझाव लिएका हुन् ।
छलफलमा सहभागी पर्सा क्षेत्र नम्बर ४ का प्रतिनीध सभा सदस्य टेकबहादुर शाक्यले गृहमन्त्री गुरुङ भन्सार प्रणाली सुधार र सिमा समस्या समाधानको लागी सकरात्मक रहेको बताए ।
मन्त्रि गुरुङले गृहमन्त्रालयसंग सम्बन्धित विषयहरू कार्यान्वयन गर्ने र अर्थ मन्त्रालयसँग सम्बन्धित मुद्दामा आवश्यक समन्वयमार्फत समाधान खोजिने बताएको सांसद शाक्यले जानकारी गराए ।
सांसदहरूले विद्यमान भन्सार प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै भन्सार दर पुनरावलोकन गर्नुपर्ने, सीमामा निगरानी तथा अनुगमन संयन्त्रलाई सुदृढ बनाउनुपर्ने सुझाव दिएका थिए ।
साथै, कृषि सामग्री र मलखादको भन्सार प्रक्रिया सरल बनाउनुपर्ने तथा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य वस्तु आयातमा निश्चित हदसम्म भन्सार छुट दिने मापदण्ड बनाउनुपर्ने प्रस्ताव पनि उठाइएको थियो ।








