परवानीपुर गोल्डकपः आयोजक शक्ति युवा क्लब विजयी शुरुआत

वीरगंज, ५ बैशाख ।

आयोजक शक्ति युवा क्लबले पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन खेलमा विजयी शुरुआत गरेको छ ।

शनिवार परवानीपुर खेल मैदानमा भएको उदघाटन खेलमा शक्ति युवा क्लबले यंग स्टार क्लब बिहार भारतलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

शक्ति युवा क्लबका कप्तान सन्दीप यादवले प्रतियोगितामा चार गोल गरेका थिए भने आशिष थिङले १ गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच यादव घोषित हुदै २१ सय रुपियाँँ नगद प्राप्त गरे । उनलाई भेट्रान सिटि क्लबका अध्यक्ष सबिन बस्नेत पुरस्कार प्रदान गरे ।

आइतवारको खेल निजगढ फुटबल क्लब निजगढ र वीरगंज युथ एकेडेमी वीरगंज बीच हुनेछ ।

क्लबका अध्यक्ष सुबोध श्रीवास्तवको अध्यक्षता भएको प्रतियोगिताको उदघाटन कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका नेता रामपाल यादव, वीरगंज महानगरपालिका २१ का वडाअध्यक्ष राधाकृष्ण साह रौनियार, समाजसेवी नागमणी उपाध्याय, विजय गुप्ता सहितका अतिथिहरूको सहभागीता रहेको थियो ।

 

एक हप्ता सम्म संचालन हुने पाँचौं परवानीपुर गोल्डकपमा भारत एक वटा र नेपालको ७ वटा टिम गरि आठ वटा टिमले भाग लिने प्रतियोगीताका सहसंयोजक दिपक यादवले जानकारी दिए ।

प्रतियोगितामा पहिलो पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख र अन्य विधा जस्तै उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रतिदिनका खेलका उत्कृष्ट खेलाडीहरूलाई आर्थिक नगदबाट पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष श्रीवास्तले बताए । त्यस्तै खेलभरिका उत्कृष्ट प्रतियोगिताका खेलाडीलाई ५१०० नगद पुरस्कार दिइने अध्यक्ष श्रीवास्तले बताए ।

 

सम्बन्धित पोस्टहरुः