जनकपुरधाम , ७ वैशाख –
भारतको तुलसी पीठका पीठाधीश्वर जगद्गुरु रामभद्राचार्यले नेपाल समृद्ध र पूर्णरूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिएका छन्। जानकी नवमीको अवसरमा जनकपुरधाम भ्रमणका क्रममा उनले नेपालप्रति आत्मीयता व्यक्त गर्दै आफूलाई यहाँ आउँदा घरमै आएको अनुभूति हुने बताए।
उनले कुनै पनि देशमा निर्भर नहुने गरी नेपाल सक्षम बन्नुपर्ने धारणा राख्दै विकास र आत्मनिर्भरता नै मुल आधार हुनुपर्ने बताए।
प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले प्रशासनिक तथा राजनीतिक अनुभवको कमी देखिएको उल्लेख गरेका छन्। साथै भारतसँग सम्बन्धित विषयमा सन्तुलित र सकारात्मक दृष्टिकोण आवश्यक रहेको उनको भनाइ छ।
रामभद्राचार्यले नेपालमा हिन्दू संस्कृतिप्रतिको सम्मान र आकर्षण कायम रहनुपर्ने उल्लेख गर्दै धर्मान्तरणका घटनाप्रति चिन्ता व्यक्त गरे।
त्यस्तै, उनले नेपालमा राजसंस्थाको आवश्यकता रहेको धारणा पनि व्यक्त गरेका छन्।


