रङ्गशाला निर्माणमा ढिलाइ, आधामात्र प्रगति

वीरगंज , ७ वैशाख –

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम निर्धारित समयअनुसार अघि बढ्न सकेको छैन। ठेक्का अवधि सकिन आठ महिना बाँकी रहँदा हालसम्म करिब ५० प्रतिशत मात्र प्रगति भएको जनाइएको छ।

२०८१ असारमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी ७५ करोड ५० लाख रुपैयाँभन्दा बढी लागतमा ठेक्का सम्झौता गरिएको थियो। तर निर्माणको गति अपेक्षाभन्दा सुस्त देखिएको छ।

महानगरपालिकाका अनुसार एक टावरको काम अन्तिम चरणमा पुगेको छ भने अर्को टावरको दोस्रो तलासम्म ढलान सम्पन्न भएको छ। चारमध्ये एक प्यारापिट तयार भइसकेको, दुईवटामा ढलान सम्पन्न भएको र अर्कोमा काम सुरू गरिएको छ।

मैदान निर्माण, पिच तयारी, पहुँचमार्ग, भूमिगत केबल र प्लम्बिङलगायतका काम समानान्तर रूपमा भइरहेको जनाइएको छ।

महानगरले निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न ताकेता गर्दै आएको जनाएको छ। यसअघि धुर्मस–सुन्तली फाउन्डेसनले निर्माण गर्न नसकेपछि परियोजना महानगरपालिकाले जिम्मा लिएको थियो।

सम्बन्धित पोस्टहरुः