चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न अनुरोध

वीरगंज, ८ वैशाख/
सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन अनुरोध गरेको छ ।
सडक डिभिजनका डिभिजन प्रमुख गुरूप्रसाद अधिकारीले सोमवार सार्वजनिक सूचना जारी गरेर तीन दिनभित्र पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा सडकबीच भागबाट दायाँ–बायाँ २५र२५ मिटर सीमाभित्र अनधिकृत तवरले निर्माण गरिएका घरटहरा हटाउनका लागि अनुरोध गर्नुभएको छ ।
उहाँले अटेर गरी आदेश कार्यान्वयन नगरेमा सार्वजनिक सडक ऐन, २०३१ र प्रचलित नेपाल कानुनबमोजिम कारबाही हुने बताउनुभयो ।
कार्यालयले सडक विभागको स्वीकृति प्राप्त नगरी सार्वजनिक सडक र सडक सीमाभित्र अनधिकृत तवरले निर्माण गरिएका घररटहरा हटाउनका लागि यसअघि विसं २०७३ पुस १८ गते र २०८० असार ९ गतेलगायतका विभिन्न मितिमा डिभिजन कार्यालयले सार्वजनिक सूचना जारी गरेको          थियो।
सम्बन्धित पोस्टहरुः