लगानी विवादबीच गृहमन्त्री सुधन गुरुङको राजीनामा

वीरगंज , ९ वैशाख –

लगानीसम्बन्धी विवाद चर्किँदै गएपछि गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत् आफ्नो राजीनामाको घोषणा गर्दै आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको जनाएका हुन्।

गुरुङले आफू सम्बन्धित विषयमा निष्पक्ष छानबिनका लागि मार्ग खुला गर्न तथा पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्। पछिल्ला दिनमा सेयर तथा अन्य लगानीसम्बन्धी विषयमा उठेका प्रश्नलाई आफूले गम्भीर रूपमा लिएको पनि उनले उल्लेख गरेका छन्।

‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो,’ उनले भनेका छन्, ‘जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन।’ उनले सार्वजनिक जीवन पारदर्शी र उत्तरदायी हुनुपर्ने आवश्यकता औंल्याउँदै हाल उठिरहेको सुशासनसम्बन्धी आवाजलाई पनि सम्बोधन गर्न खोजेको संकेत दिएका छन्।

सम्बन्धित पोस्टहरुः