रुवान्डामाथि नेपालको रोमाञ्चक जीत

वीरगंज , ९ बैशाख –

आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत नेपालले आयोजक रुवान्डालाई २ विकेटले पराजित गर्दै लगातार दोस्रो जीत दर्ता गरेको छ। ८९ रनको सामान्य लक्ष्य नेपालले १९ ओभर ४ बलमा ८ विकेट गुमाउँदै पूरा गरेको हो।

नेपालका लागि सम्झना खड्काले उत्कृष्ट ४८ रन बनाइन् भने रुवान्डाकी जियोभानिस उवासेले ३ विकेट लिइन्।

यसअघि टस जितेर ब्याटिङ गरेको रुवान्डाले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ८८ रन बनाएको थियो। एलिस इक्वुजेले १७ रन बनाउँदा नेपालकी रचनाकुमारी चौधरीले ३ विकेट लिइन्।

प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो। यसअघि नेपाल अमेरिका सँग ४४ रनले पराजित भएको थियो भने इटालीलाई ५० रनले हराएको थियो।

आईसीसीद्वारा पहिलोपटक आयोजना गरिएको यस प्रतियोगितामा रुवान्डा, नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन्। अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ भने प्रतियोगिता वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ।

सम्बन्धित पोस्टहरुः