हरिखेतान क्याम्पसको विधान सच्याउन त्रिवि उपकुलपति अर्यालको निर्देशन

वीरगंज , १० बैशाख –

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.दीपक अर्यालले वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसको विवादित विधान सच्याउन निर्देशन दिएका छन् । विधानसम्बन्धी विवाद चुलिँदै गएपछि उपकुलपति अर्याल स्थिति समाधानका लागि वीरगंज आएका हुन् ।

क्याम्पसको विधान २०८० का केही प्रावधानलाई लिएर देखिएको विवादका कारण शैक्षिक तथा प्रशासनिक गतिविधि करिब एक महिनादेखि प्रभावित हुँदै आएको छ । सोही समस्यालाई मध्यनजर गर्दै उपकुलपतिले सरोकारवाला पक्षसँग छलफल गर्दै आवश्यक संशोधन गरी विधान मिलाउन निर्देशन दिएका हुन् ।

विवाद समाधानसँगै क्याम्पसको नियमित पठनपाठन र अन्य गतिविधि सञ्चालनमा ल्याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित पोस्टहरुः