सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० बैशाख ।
नाबालिग किशोरीलाई बहकाएर लैजाँदै गरेको आरोपमा मोहम्मद साहिल अन्सारी लाई भारतको सशस्त्र सीमा बल एसएसबीले नेपाल–भारत मैत्री पुल नजिकबाट पक्राउ गरेको छ । नेपालबाट भारत जाँदै गरेको अटो–रिक्शा जाँच गर्दा युवक र किशोरीलाई नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक सोधपुछमा युवकले आफ्नो नाम मोहम्मद साहिल अन्सारी, घर हरसिद्धि, पूर्वी चम्पारण (बिहार) बताए। उनीसँग रहेकी नाबालिग किशोरी पनि सोही क्षेत्रकी रहेको खुलेको छ। सोधपुछका क्रममा युवकले स्पष्ट जवाफ दिन नसकेको र टोलीलाई भ्रममा पार्ने प्रयास गरेकोले घटना शंकास्पद देखिएको थियो।
त्यसपछि मानव बेचबिखन विरूद्धको इकाई र एसएसबी टोलीले किशोरीलाई सुरक्षाका लागि आफ्नो संरक्षणमा लिएको थियो। महिला सुरक्षाकर्मीहरूले प्रयास जुभेनाइल एड सेन्टर, पूर्वी चम्पारण, स्वच्छ रक्सौल संस्था र जनजागरण संस्थाको सहयोगमा किशोरीको काउन्सेलिङ गरेका थिए। किशोरीले युवकले सिकाएका कुरा दोहो¥याउँदै आएकी थिइन। तर मानव बेचबिखनका जोखिमवारे जानकारी गराएपछि उनले आफूलाई प्रेमको जालमा पारेर विवाहको प्रलोभन दिई घरबाट भगाएको खुलासा गरिन। पीडिताका अनुसार करिब ७–८ महिनादेखि दुवैबीच फोनमा कुराकानी हुँदै आएको थियो। तीन दिनअघि युवकले उनलाई घरबाट भगाएर नेपाल ल्याई भाडाको कोठामा राखेको र घटनाको दिन गुजरातको अहमदाबाद लैजाने तयारीमा रहेको बताइएको छ।
अनुसन्धानका क्रममा किशोरीले युवकको प्रभावमा परेर धार्मिक अभ्याससमेत परिवर्तन गर्न थालेको तथ्यसमेत खुलेको छ। एसएसबी टोलीले पीडिताका अभिभावकसँग सम्पर्क गर्दा उनीहरूले हरसिद्धि थाना, पूर्वी चम्पारणमा पहिले नै अपहरण सम्बन्धी मुद्दा दर्ता गराइसकेको जानकारी दिएका छन।
ब्ज्त्ग्, क्क्द्य ४७औँ वाहिनी, प्रयास जुभेनाइल एड सेन्टर, स्वच्छ रक्सौल संस्था र जनजागरण संस्थाको समन्वयमा गरिएको प्रयासबाट किशोरीलाई सुरक्षित रूपमा उद्धार गरिएको छ भने मानव बेचबिखनको सम्भावित घटना विफल पारिएको छ।
थप कानुनी कारबाहीका लागि पीडिता र आरोपीलाई रक्सौलस्थित हरैया थाना बुझाइएको छ। उद्धार कार्यमा स.उपनि खेमराज, हवलदार अरविन्द द्विवेदी, सिपाही इरफान हुसैन, नीतु कुमारी, कमल कुमारी, प्रयासकी आरती कुमारी र राजगुप्त, स्वच्छ रक्सौलका रञ्जित सिंह र सब्र खातुन तथा जनजागरणका डा. राजकुमार पाण्डेय सहभागी थिए।


