वीरगंज , ११ बैशाख –
कानु युथ वीरगंजले बारा निवासी एक छोरीको विवाहका लागि खाद्य सामग्री सहयोग गरेको छ।
कानु युथका सचिव श्रवण साहले चामल, दाल, चिनी, आलु, प्याज, तेल, मैदा, बेसन, ग्यास सिलिन्डर तथा हरियो तरकारी लगायतका सामग्री प्रदान गरिएको बताए ।
सो समयमा अध्यक्ष मनोज साह , देवेन्द्र साह कानु, रमेश साह कानु, अजय साह लगायतको सहभागिता रहेको थियो।



