तस्विरमा हेर्नुहोस नृसिंह माविको विद्यार्थी भर्ना अभियान

वीरगंज , ११ बैशाख –

नृसिंह माध्यमिक विद्यालयका शिक्षक–शिक्षिकाले विद्यार्थी भर्ना अभियान २०८३ अन्तर्गत घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

वीरगञ्ज–१४ पिपरमठस्थित विद्यालयका शिक्षकहरूको टोलीले वीरगञ्ज–१५ लक्षुमानवा गाउँमा पुगेर अभिभावकसँग भेटघाट गर्दै बालबालिकालाई विद्यालय भर्ना गराउन आग्रह गरेको हो।

कार्यक्रममा शिक्षा प्रति अभिभावकको चासो बढाउने, विद्यालय भर्ना दर वृद्धि गर्ने तथा बालबालिकालाई नियमित अध्ययनतर्फ प्रेरित गर्ने उद्देश्य राखिएको विद्यालयले जनाएको छ।

सम्बन्धित पोस्टहरुः