भन्सार छलीका २२ इलेक्ट्रिक स्कुटर प्रहरीको नियन्त्रणमा

वीरगंज , ११ बैशाख –

सशस्त्र प्रहरी बल नेपालले भारतबाट भन्सार राजस्व नतिरी ल्याइएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।

सीमावर्ती रक्सौलबाट सस्तोमा पाइने र सवारी चालक अनुमतिपत्रसमेत आवश्यक नपर्ने भएपछि स्थानीयले त्यस्ता स्कुटर वीरगञ्जमा प्रयोग गर्दै आएका थिए। तर राजस्व छल्दै प्रयोग बढेपछि सशस्त्र प्रहरीले बिहीबारदेखि नियन्त्रण अभियान सुरु गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार पहिलो दिनमै विभिन्न नाकाबाट स्कुटर नियन्त्रणमा लिइएको हो। वीरगञ्ज–१६ मुख्य भन्सार नाकाबाट १४, वीरगञ्ज–२४ सिर्सिया नाकाबाट ७ र बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठाबाट १ थान स्कुटर बरामद गरिएको छ।

नियन्त्रणमा लिइएका स्कुटरको करिब १७ लाख ३० हजार रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ।

सम्बन्धित पोस्टहरुः