वीरगंज , ११ बैशाख –
संयुक्त राष्ट्रसङ्घ को प्रतिवेदनअनुसार विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा देखिएको छ।
अफगानिस्तान, बङ्गलादेश, कङ्गो, म्यानमार, नाइजेरिया, पाकिस्तान, दक्षिण सुडान, सुडान, सिरिया र यमनमा खाद्य सङ्कट गम्भीर रहेको उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार द्वन्द्व, जलवायु परिवर्तन र आर्थिक अस्थिरता खाद्य असुरक्षाका प्रमुख कारण बनेका छन्।
ग्लोबल रिपोर्टका अनुसार विश्वभर ४७ देशका करिब २६ करोड ६० लाख मानिसले उच्च स्तरको खाद्य
असुरक्षा भोगेका छन्। गाजा र सुडानका केही क्षेत्रमा एकै वर्षमै संकट तीव्र बनेको उल्लेख छ।
स्ट्रेट अफ होर्मुज मा अवरोधका कारण आपूर्ति प्रभावित भई मूल्य वृद्धि हुँदा खाद्य संकट अझ बढ्ने चेतावनी दिइएको छ। अन्तर्राष्ट्रिय कृषि विकास कोषका प्रमुख अल्वारो लारियो ले मल अभाव र मूल्यवृद्धिले अवस्था झन् जटिल बन्न सक्ने भन्दै साना किसानलाई सहयोग बढाउन आग्रह गरेका छन्।


