वीरगंज नाकाबाट पेट्रोलियम आयातमा राजस्व वृद्धि

वीरगंज , १२ बैशाख –

वीरगंज नाकाबाट पेट्रोलियम पदार्थ आयातबाट चालु आर्थिक वर्षको पहिलो नौ महिनामा रु ६० अर्ब ३८ करोड राजस्व संकलन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व रु ५७ अर्ब ५३ करोड रहेको थियो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार उक्त अवधिमा पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात गरी कुल रु एक खर्ब ४८ अर्ब १६ करोड बराबरको कारोबार भएको छ।

यस अवधिमा ८ लाख ८ हजार ७ सय ४५ किलोलिटर डिजेल, ३ लाख ५९ हजार ८ सय ४६ किलोलिटर पेट्रोल तथा २२ करोड ४८ लाख ७५ हजार २ सय ६६ किलोग्राम एलपी ग्यास आयात भएको कार्यालयले जनाएको छ।

सम्बन्धित पोस्टहरुः