पर्सा,१३ बैशाख –
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय गण्डक वीरगंजले गण्डक नहर किनार अतिक्रमण गरी बनाइएका घर–टहरा हटाउने अभियान सुरु गरेको छ।
आईतबार बिहानदेखि वीरगंजको गण्डक चोक र जिरोआरडी इनार्वा क्षेत्रमा डोजर प्रयोग गरी संरचना हटाउने कार्य थालिएको हो।
कार्यालय प्रमुख मनोज पटेलका अनुसार बिहान ५ बजेदेखि ४ वटा डोजर परिचालन गरी हालसम्म ३२५ वटा संरचना खाली गराइएको छ।
पर्सापछि बारा र रौतहट जिल्लामा समेत यस्तै अभियान सञ्चालन गरिने कार्यालयले जनाएको छ।




