वीरगंज , १३ बैशाख –
पर्सामा अवैध रूपमा ओसारपसार भइरहेको काठसहित एक ट्याक्टर र एक जनालाई नियन्त्रणमा लिइएको छ। सबैया सब डिभिजन वन कार्यालय र सबैया साझेदारी वन उपभोक्ता समूहको संयुक्त गस्ती टोलीले वीरगंज–३१ मिल चोकबाट साल काठसहित ट्याक्टर नियन्त्रणमा लिएको हो।
कार्यालयका अनुसार प्रदेश २–०३–००१ त १५७५ नम्बरको ट्याक्टरसहित वीरगंज–२९ मुसौलीका कृष्ण प्रसाद साहलाई आइतबार बिहान सूचनाको आधारमा पक्राउ गरिएको हो।
रेन्जर भुपाल रोकायका अनुसार बरामद गरिएको काठ र ट्याक्टरको मूल्य करिब १५ लाख रुपैयाँ बराबर रहेको छ। नियन्त्रणमा लिइएको सामान आवश्यक कारबाहीका लागि सबैया सब डिभिजन वन कार्यालयमा राखिएको छ।



