वीरगंज , १४ बैशाख –
सशस्त्र प्रहरी बल माडर, सिरहाअन्तर्गत कार्यरत डीएसपी विजय हमाललाई गालीगलौज विवादपछि बर्दिबासस्थित प्रदेश कार्यालय तानिएको छ।
बरियारपट्टी क्षेत्रमा अवैध डिजेल नियन्त्रणका क्रममा उनले स्थानीयसँग अपशब्द प्रयोग गरेको भिडियो सार्वजनिक भएपछि छानबिनका लागि उनलाई तानिएको हो।
घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिएका छन्।


