वीरगंज , १४ बैशाख –
पर्साको जगरनाथपुर गाउँपालिका–२ मा एक अति विपन्न दलित परिवारलाई विवाहका लागि खाद्यान्न सहयोग गरिएको छ।
आर्थिक अभावका कारण विवाह गर्न कठिनाइ भोगिरहेको परिवारलाई स्थानीयस्तरमा सहयोग गरिएको हो। समाजसेवी बृजेश्वर चौधरीको पहलमा जानकीटोलका सन्तोष कुमारले चामल, आलु र प्याज उपलब्ध गराएका छन्।
स्थानीयका अनुसार उक्त सहयोगले विवाह तयारीमा रहेको परिवारलाई राहत पुगेको छ। सहयोग कार्यप्रति स्थानीय बासिन्दाले प्रशंसा व्यक्त गरेका छन्।


