वीरगंज , १४ बैशाख –
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान र प्रविधिमन्त्री सस्मित पोखरेलले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान नहटाइने स्पष्ट पारेका छन ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै विश्वविद्यालय र खेलमैदान दुवै राज्यकै निकाय भएकाले नयाँ लिज सम्झौतामार्फत व्यवस्थापन गरिने बताए।
उनले राज्यको ठूलो लगानी भएकाले मैदान भत्काइने अवस्था नहुने उल्लेख गरे ।
यसअघि त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गामा रहेका संरचना हटाउन नेपाल क्रिकेट सङ्घलाई पत्राचार गरेको थियो।

