हावाहुरीले दुई घरको छानो उडायो, परिवार खुला आकाशमुनि

वीरगंज , १४ बैशाख –

वीरगंज महानगरपालिका–१७ अलौमा गएरातिको हावाहुरीले दुई घरको छानो उडाएको छ।

गएराति करिब ११:३० बजे आएको असिनासहितको हावाहुरीका कारण अलौका नुनिया टोलका जितेन्द्र महतो नुनिया र गुड्डु महतो नुनियाको फुसको घरको छानो उडेको हो।

जस्तापाता र खरले छाएको घरको छानो उड्दा दुवै परिवार अहिले खुला आकाशमुनि रात बिताउन बाध्य भएका छन्। स्थानीयका अनुसार घरभित्रका सामान पनि क्षतिग्रस्त भएका छन्।

पीडित परिवारले स्थानीय सरकारसँग राहत तथा छानो व्यवस्थापनका लागि सहयोगको अपिल गरेका छन्। साथै, समाजसेवी र मनकारी व्यक्तिहरूसँग पनि सहयोगका लागि आग्रह गरिएको छ।

यसैगरी, टोलमा विद्युत तार अव्यवस्थित रहेको र खानेपानीको समस्या पनि रहेको भन्दै स्थानीयले वडाध्यक्ष संजिव छाक्तुलीसँग आवश्यक पहल गरिदिन माग गरेका छन्।

सम्बन्धित पोस्टहरुः