बारा, १६ वैशाख । पथलैया–वीरगंज सडकखण्डमा बुधवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका ३ बसन्तपुरका ४० वर्षीय राम चमार रहेका छन् । वीरगंजबाट नारायणघाटतर्पm जाँदै गरेको ना२७प ३०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदै सडक छेउको रेलिङमा ठोक्किँदा चमार र उनकी ३५ वर्षीया पत्नी जानकी देवी गम्भीर घाइते भएका थिए ।
डाबर नेपाल अगाडि भएको उक्त दुर्घटनाका घाइते दुवैलाई उद्धार गरि अस्पताल लगिएको थियो । चमारको उपचारका क्रममा गण्डक अस्पतालमा मृत्यु भएको हो । उनकी पत्नी जानकी देवीको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।







