
वीरगंज , २२ बैशाख –
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन । यसअघि पुनर्विचारका लागि फिर्ता पठाइएको उक्त अध्यादेश सरकारले पुनः सिफारिस गरेपछि जारी गरिएको हो।
अध्यादेशमा ६ सदस्यीय परिषद्मा ३ जनाले मात्र निर्णय गर्न सक्ने प्रावधान राखिएको छ, जसलाई लिएर आलोचना भइरहेको छ।
यससँगै सरकारले सिफारिस गरेका सबै ८ वटा अध्यादेश राष्ट्रपतिबाट जारी भएका छन् र अब ती संघीय संसद्मा पेश हुनेछन्।







