नारायणी अस्पतालमा मनोचिकित्सक अभावले बिरामी अन्यत्र जान बाध्य

1200x150_1200x150-01.jpg (1)

पर्साको नारायणी अस्पतालमा विगत तीन वर्षदेखि मनोचिकित्सक अभाव हुँदा मानसिक स्वास्थ्यसम्बन्धी सेवा प्रभावित बनेको छ। दैनिक २५ देखि ३० जना बिरामी परामर्शका लागि आउने गरे पनि आवश्यक विशेषज्ञ सेवा दिन नसकिएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकृत डा. उदयनारायण सिंहका अनुसार करारमा आएका मनोचिकित्सक फर्किएपछि पदपूर्ति हुन नसक्दा सेवा अवरुद्ध भएको हो। मनोचिकित्सक अभावका कारण बिरामीहरूलाई नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगायत अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ, जसले बिरामीलाई थप आर्थिक र समयको भार परेको गुनासो बढाएको छ ।

यसैबीच, अस्पतालमा नेफ्रोलोजिस्ट अभावले डायलिसिस सेवा पनि प्रभावित बनेको छ। १५ वटा डायलिसिस मेसिनमार्फत दैनिक करिब १०० बिरामीलाई सेवा दिइए पनि विशेषज्ञ चिकित्सकको अभावले सेवा प्रभावकारिता घटेको अस्पतालको भनाइ छ। अस्पताल प्रशासनले आवश्यक जनशक्ति पूर्तिका लागि सम्बन्धित निकायमा पटक–पटक पहल गरे पनि हालसम्म ठोस प्रगति नभएको जनाएको छ ।

सम्बन्धित पोस्टहरुः