वीरगंज ,२२ बैशाख –
जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी कार्यालयको बोर्डमा मोबिल छर्केर फरार भएका दुई जनालाई पक्राउ गरेको छ। घटना पूर्वाधार विकास कार्यालय पर्सा परिसरमा भएको हो।
विकास योजनासम्बन्धी विषयमा कर्मचारीसँग भएको विवादपछि आक्रोशित समूहले कार्यालयको साइनबोर्डमा मोबिल छर्की क्षति पुर्याएर फरार भएका थिए। घटनाबारे जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै दुवै जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा वीरगंज–११ का ३३ वर्षीय जयपुजन ठाकुर लोहार र वडा नं. १३ राधेमाईका ३० वर्षीय मनमोहन पाण्डे रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







