वीरगंज, २२ वैशाख । पर्सा जिल्लाको छिपरमाई गाउँपालिका वडा नं.२ टिउकी एरियामा अवैध रूपमा घरेलु मदिरा भट्टी सञ्चालन भइरहेको सूचनापछि प्रहरीले आज दिउँसो तोडफोड गरेको छ ।
प्रहरी चौकी टिउकी र प्रहरी चौकी बूढगाई पर्साबाट खटिएको प्रहरी टोलीहरूले भट्टी फुटाइ उक्त भट्टीमा रहेको ६०० लिटर कच्चा पदार्थ र तयारी २०० लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।







