वीरगंज , २३ बैशाख –
जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको चर्चा तीव्र बनेको छ। जनता समाजवादी पार्टी नेपालले एमालेसँग सहकार्य गरी सरकार बनाउने आन्तरिक तयारी थालेको बताइएको छ।
मुख्यमन्त्रीका लागि जसपा नेपालबाट केही नेताहरूको नाम चर्चामा रहे पनि पार्टीभित्रै सरकारमा जाने–नजाने विषयमा मतभेद देखिएको छ। उता एमालेले भने स्पष्ट सहमति बिना समर्थन नदिने संकेत दिएको छ।
जनमत पार्टीभित्रको आन्तरिक विवाद र मन्त्रीहरू अझै सरकारमै रहनुले राजनीतिक अन्योल बढाएको छ। जसपा नेपाल र लोसपा नेपालबीचको एकता प्रक्रिया पनि पूर्ण नभएकाले नयाँ सरकार गठनबारे टुङ्गो लाग्न सकेको छैन।







