वीरगंज , २३ बैशाख –
इरानले अमेरिकासँगको वार्तामा ‘निष्पक्ष र व्यापक’ सम्झौता मात्रै स्वीकार गर्ने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रगति भएको दाबी गरेपछि इरानी विदेशमन्त्री अब्बास अराघचीले यस्तो धारणा राख्नुभएको हो।
चिनियाँ समकक्षीसँगको भेटपछि अराघचीले इरानले आफ्ना वैध अधिकार र हितको रक्षा गर्दै वार्तामा अघि बढ्ने बताएका छन्। उता ट्रम्पले हर्मुज जलमार्गमा सैन्य कारबाही अस्थायी रूपमा रोक्ने प्रस्ताव गरे पनि इरानले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
फेब्रुअरी २८ यता अमेरिका–इजरायलको आक्रमणपछि बढेको द्वन्द्वका कारण हर्मुज जलमार्ग प्रभावित हुँदा विश्व ऊर्जा आपूर्तिमा समेत असर परेको छ।







