वीरगंज ,२३ बैशाख –
नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयन भएको छ। महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन ।
उनको कार्यकाल तीन वर्षको हुनेछ। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था यसपटकसँगै अन्त्य हुने भएको छ भने अबको महाधिवेशनदेखि अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुनेछ।
६०औँ साधारणसभा तथा निर्वाचनबाट जिल्ला–नगर समूहको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन्। वस्तुगततर्फ नरेशलाल श्रेष्ठ र एसोसिएटतर्फ प्रबलजङ्ग पाण्डे उपाध्यक्षमा निर्वाचित भएका छन्।
यससँगै विभिन्न समूहबाट कार्यसमिति सदस्यहरू पनि चयन भएका छन्।







