मेनरोड विस्तारविरुद्ध वीरगंजमा मानवसाङ्लो

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २४ मिति –

वीरगंजस्थित त्रिभुवन राजपथअन्तर्गतको मुख्य सडक विस्तारको विरोधमा स्थानीय घरधनीहरूले मानवसाङ्लो बनाएर प्रदर्शन गरेका छन् । गण्डकदेखि मितेरी पुलसम्मका बासिन्दाले ‘डोजर आतंक’ बन्द गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

प्रदर्शनकारीहरूले “विकास चाहिन्छ, विनाश होइन” भन्दै वैकल्पिक उपाय खोज्नुपर्ने माग गरेका छन् । उनीहरूले बाइपास सडक सञ्चालनमा आइसकेकाले मुख्य बजार क्षेत्रलाई फराकिलो सडकभन्दा ‘सहरी मार्ग’का रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

पूर्वमेयर विजय सरावगीले वैज्ञानिक अध्ययन, उचित मुआब्जा र वैकल्पिक व्यवस्थाबिना घर भत्काउनु अन्यायपूर्ण हुने बताउनुभयो । उहाँले हजारौँ परिवार विस्थापित हुने गरी विकास गर्न नहुने धारणा राख्नुभयो ।
स्थानीय प्रशासनले सडक सीमाभित्रका संरचना हटाउन सूचना जारी गरिसकेको छ । यता घरधनीहरूले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

सम्बन्धित पोस्टहरुः