‘क्यान्सरसँगका मेरा अनुभूति’ पुस्तक लोकार्पण

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २५ बैशाख –

वीरगंजमा क्यान्सर रोगसँग संघर्षका अनुभव समेटिएको ‘क्यान्सरसँगका मेरा अनुभूति : A Cancer Survivor Memoir’ पुस्तकको लोकार्पण गरिएको छ । सङ्कर श्रेष्ठद्वारा लिखित पुस्तक बिहीबार वीरगंज पब्लिक कलेजको सभाहलमा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्य, डा. अर्बिन्द श्रेष्ठ, हरि रत्न तुलाधर, बिनय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा लेखक श्रेष्ठले क्यान्सरसँगको संघर्ष, उपचारका पीडा र जीवनप्रतिको आशाबारे आफ्ना अनुभव सुनाउनुभएको थियो ।

उपकुलपति डा. शाक्यले पुस्तकलाई प्रेरणादायी कृति भएको बताउँदै क्यान्सरबारे चेतना फैलाउन यस्ता पुस्तक उपयोगी हुने धारणा राख्नुभयो । पुस्तक बिक्रीबाट उठ्ने रकम क्यान्सर पीडितहरूको सहयोगमा खर्च गरिने लेखकले जानकारी दिनुभएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका शिक्षक, बुद्धिजीवी, समाजसेवी तथा क्यान्सर पीडितहरूको समेत सहभागिता रहेको थियो । वीरगंज पब्लिक कलेजले लेखक श्रेष्ठलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरेको थियो ।

भर्खरै

सम्बन्धित पोस्टहरुः