जीएचपी स्कुलमा ट्राफिक सचेतना कार्यक्रम

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २५ बैशाख –

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वीरगंज महानगरपालिका–१३ पावरहाउसस्थित जीएचपी स्कुलमा ट्राफिक दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

स्कुलका प्रिन्सिपल रविन्द्र कौरको अध्यक्षता डीएसपी राजु कार्की प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा पर्सा ट्राफिक प्रमुख युवराज कटवालले कक्षा ८, ९ र १० का विद्यार्थीलाई ट्राफिक नियम, मापसे, सडक सुरक्षा तथा ट्राफिक चिन्हसम्बन्धी अभिमुखीकरण गरेका थिए ।

कार्यक्रमको समन्वय युवा अभियन्ता दिलिपराज कार्कीले गरेका थिए । उनले मुख्य सडक आसपासका विद्यालयका विद्यार्थीलाई लक्षित गरी सडक पार गर्दा हुन सक्ने जोखिमबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । आगामी दिनमा अन्य विद्यालयमा पनि यस्ता कार्यक्रम गरिने उनले बताए ।

विद्यालयका सञ्चालक जगजित सिंहले यस्ता कार्यक्रमले विद्यार्थीलाई ट्राफिक सचेतना बढाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित पोस्टहरुः