ओमकार आयल इन्डस्ट्रिजका सञ्चालक पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २५ बैशाख –

ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित ‘ओमकार आयल इन्डस्ट्रिज’का सञ्चालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

‘छहारी’ र ‘ओमकार’ ब्रान्डका सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखेर उपभोक्तालाई ठगी गरेको आरोपमा श्रेष्ठ पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार प्याकेजिङमा उल्लेख गरिएको तौलभन्दा कम तेल राखेर बिक्री भइरहेको सूचना पाएपछि उद्योगमा छापा मारिएको थियो ।

छापाको क्रममा ९०५ कार्टुन तयार बिक्रीयोग्य तेल बरामद गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा प्याकेटमा लेखिएको तौल र वास्तविक मात्रामा फरक देखिएको पुष्टि भएपछि सञ्चालकलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । प्रहरीले उनीमाथि नापतौल तथा उपभोक्ता ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः