बढनियारमा ‘घरदैलोमा डाक्टर’ कार्यक्रम सम्पन्न

1200x150_1200x150-01.jpg (1)

पर्सा , २६ बैशाख –

पर्सागढी नगरपालिका–बढनियारमा दोस्रो हप्तासमेत ‘घरदैलोमा डाक्टर’ कार्यक्रम सम्पन्न भएको छ ।

प्रभु हस्पिटल वीरगञ्जको सहकार्य र जुनतारा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा १९० महिला र ६० पुरुष गरी २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण, सुगर जाँच तथा औषधि वितरण गरिएको थियो ।

गरिब तथा अस्पताल पुग्न नसक्ने बिरामीलाई लक्षित गरी घरदैलोमै सेवा दिने उद्देश्यले कार्यक्रम गरिएको हो । स्थानीय समन्वय र सहकारी संस्थाको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श दिएका थिए । आयोजकले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविर निरन्तर सञ्चालन गरिने बताएका छन् ।

सम्बन्धित पोस्टहरुः