वीरगंज , २७ बैशाख –
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार उत्तरपुस्तिकाको इन्ट्री कार्य सकिएको छ भने अहिले त्रुटि हुन नदिन रुजुको काम भइरहेको छ । उनले पर्सिसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको बताए ।
यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ । आइटी सम्बन्धी काम पूरा भएपछि बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरिनेछ ।
यस वर्ष चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका थिए ।







