क्यानविरुद्ध कारवाही प्रक्रिया अघि बढाउन मन्त्रालयको निर्देशन

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २६ बैशाख –

युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध आवश्यक कारवाही प्रक्रिया अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि छानबिनमा सहयोग नगरेको भन्दै मन्त्रालयले वैशाख १४ गते राखेपलाई पत्र पठाएर क्यानसँग अन्तिम पटक स्पष्टिकरण माग्न र आवश्यक कारवाही प्रक्रिया अघि बढाउन भनेको हो ।

मन्त्रालयका अनुसार खेलकुद विकास ऐन २०७७ अनुसार मन्त्रालय तथा परिषद्ले मागेका अभिलेख र कागजात उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था भए पनि क्यानले त्यसको पालना नगरेको उल्लेख गरिएको छ ।
पत्रमा क्यानलाई चेतावनीसहित स्पष्टीकरण सोध्दै किन कारवाही र निलम्बन नगर्ने भन्ने विषयमा जवाफ माग्न निर्देशन दिइएको छ । मन्त्रालयले स्पष्ट जवाफ नआएमा खेलकुद विकास ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाउन राखेपलाई भनेको छ ।

सम्बन्धित पोस्टहरुः