वीरगंज , २७ बैशाख –
पर्सा प्रहरीले मोटरसाइकल चोरीको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ निवासी दिपेन्द्र कुमार गुप्ताको नाममा रहेको प्रदेश २–०३–०११ प ६३५० नम्बरको २२० सीसी पल्सर मोटरसाइकल वीरगञ्ज महानगरपालिका–१३ स्थित नारायणी यातायात कार्यालय अगाडिबाट चोरी भएको थियो ।
पार्किङमा राखिएको मोटरसाइकलको लक तोडेर चोरी गरी भागेको अवस्थामा स्थानीय र प्रहरीको सहयोगमा खोजतलास गर्दा वीरगञ्ज–१३ का २० वर्षीय अक्तर हुसेनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका हुसेनमाथि चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।







