परवानीपुरमा बर्डफ्लू प्रकोप : ५० लाखको क्षति

1200x150_1200x150-01.jpg (1)

बारा , २७ बैशाख –

बाराको परवानीपुरस्थित राष्ट्रिय पक्षी अनुसन्धान कार्यक्रममा बर्डफ्लू देखिएपछि झन्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

कार्यालयका अनुसार गएको चैत अन्तिम सातातिर टर्कीमा बर्डफ्लू देखिएपछि अन्य पक्षीमा पनि संक्रमण फैलिएको थियो । संक्रमणपछि विभिन्न प्रजातिका पक्षी तथा तिनको आहार नष्ट गरिएको सूचना अधिकारी खमबहादुर प्रजाले बताए ।

बर्डफ्लूका कारण करिब दुई हजार चल्ला, १२ सय गिरीराज कुखुरा, ४७ वटा टर्की, ३३ वटा तित्रा र झन्डै ४ सय ५० वटा बट्टाई नष्ट गरिएको छ ।

संक्रमण नियन्त्रणका लागि फार्म क्षेत्रमा निर्मलिकरण काम भइरहेको कार्यालयले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः