सरकारमाथि साम्पाङको कडा प्रश्न : सुकुम्वासी बस्तीमा सेना परिचालनप्रति आपत्ति

1200x150_1200x150-01.jpg (1)

पर्सा, २८ वैशाख –

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा सुरक्षा र सुकुम्वासी बस्ती व्यवस्थापनका विषयमा सरकारले ठोस नीति लिन नसकेको भन्दै कडा आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले नेपाली सेनाको दुरुपयोग गरेको आरोप लगाए । सीमा रक्षा गर्नुपर्ने सेना सुकुम्वासी बस्तीमा परिचालन हुनु गम्भीर विषय भएको उनको भनाइ थियो ।

“सीमा बचाउन नसक्ने तर आफ्नै गरिब जनतामाथि दमन गर्न सेना प्रयोग गर्नुको कारण के हो?” भन्दै उनले सरकारसँग प्रश्न गरे । साम्पाङले देश अभिभावकविहीन अवस्थामा पुगेको दाबी गर्दै वर्तमान सरकार असफल भइसकेको टिप्पणी समेत गरे ।

सम्बन्धित पोस्टहरुः