वीरगंज , ३० बैशाख –
सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गरेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन रुलिङ गरेका छन ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अर्यालले उक्त अभिव्यक्ति हटाउन निर्देशन दिएका हुन् ।
हिजोको बैठकमा नेता थापाले रास्वपा कुनै सुव्यवस्थित वा सुसंगत विचारधारामा आधारित दल नभई आकस्मिक रूपमा बनेको अति महत्वाकांक्षी तथा अराजक समूहहरूको अस्थायी गठजोड भएको आरोप लगाएका ।
त्यसपछि रास्वपा नेता मनिष खनाल ले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको थियो ।
थापाले रास्वपालाई चरम अवसरवादी र अस्थिर प्रवृत्तिको दल भन्दै टिप्पणी गर्नुभएको थियो ।







