विश्व सडक सुरक्षा सप्ताहमा वीरगंजमा रिफ्लेक्टर स्टिकर अभियान

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २ जेठ –

विश्व सडक सुरक्षा सप्ताह २०२६ को अवसरमा वीरगञ्जमा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रतिबिम्बित (रिफ्लेक्टर) स्टिकर टाँस्ने जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

वीरगञ्ज युवा समाजको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताको सहकार्यमा माइस्थानदेखि घण्टाघरसम्म र्‍यालीसहित कार्यक्रम गरिएको हो । कार्यक्रममा साइकल, मोटरसाइकल, ठेला र ई–रिक्सामा रिफ्लेक्टर स्टिकर टाँसिएको थियो ।

कार्यक्रममा ट्राफिक प्रहरी, समाजसेवी तथा स्थानीयको सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता अभियानले सडक सुरक्षा सचेतना बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित पोस्टहरुः