पर्सामा खैरो हेरोइनसहित दुई युवक पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ४ जेठ –

पर्सा प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३२ का २० वर्षीय राहुल सिंह र बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ का १९ वर्षीय नन्दन गुप्ता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतका अनुसार वीरगञ्ज–३१ स्थित कटगेनवा सडकखण्डबाट उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट ८ ग्राम ४० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

ना ३९ प २५३२ नम्बरको मोटरसाइकलमा भेडियाहीबाट मिलनचोकतर्फ आउँदै गरेका बेला प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः