राधेमाई अखाडाको स्तरोन्नति आवश्यक : निमित्त सचिव साह

1200x150_1200x150-01.jpg (1)

पर्सा , ५ जेठ –

मधेश प्रदेश सरकार अन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव सुशीलकुमार साहले वीरगञ्जस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको राधेमाई अखाडाको अवलोकन तथा निरीक्षण गरेका छन ।

अवलोकनका क्रममा उनले मधेशको परम्परागत पहिचानसँग जोडिएको कुस्ती खेलको संरक्षण र प्रवर्द्धनका लागि राधेमाई अखाडाको स्तरोन्नति आवश्यक रहेको बताए । उनले स्थानीय पहलमानहरूको क्षमता विकास तथा खेल पूर्वाधार निर्माणका लागि मन्त्रालयले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।


निरीक्षण कार्यक्रममा स्थानीय खेलप्रेमी, बुद्धिजीवी तथा खेलाडीहरूले अखाडाको जीर्णोद्धार र कुस्ती खेलको व्यावसायिक विकासमा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने माग गरेका छन ।


कार्यक्रममा प्रमुख प्रशिक्षक मोदनप्रसाद यादव, दिलीप पाण्डेय, रञ्जन मिश्र, कुन्दन साह, सुजीत यादव, रामकिशोर यादव, निखिल पटेल, निशान्त यादव लगायत पहलमानहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरुः