बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ४ जेठ –

बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–११ का ४५ वर्षीय प्रमोद कुमार ठाकुर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा खटिएको टोलीले उनलाई बिहीबार बिहान करिब ७ बजे आफ्नै निवास क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

पर्सा जिल्ला अदालतको फैसलाअनुसार ठाकुरलाई १ महिना कैद र ९ लाख २६ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । फैसला कार्यान्वयनका क्रममा फरार रहेका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ठाकुरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सांकेतिक तस्वीर

सम्बन्धित पोस्टहरुः