पैसा फसाएको आरोपमा ट्रान्स्पोर्टमा तालाबन्दी

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ४ जेठ –

सुख्खा बन्दरगाहस्थित इन्टरस्टेट मल्टिमोडल ट्रान्स्पोर्टमा पीडित तथा पूर्वकर्मचारी अम्बिका पटवारीले तालाबन्दी गरेका छन् ।

पटवारीले रक्सौलका राजु रौनियारले आफ्नो रकम डुबाएको आरोप लगाउँदै उनलाई पक्राउ गरी कारबाही गर्न खोजिएको अवस्थामा ट्रान्स्पोर्ट सञ्चालक रौनियार दाजुभाइले जिम्मा लिएर हिसाब मिलाइदिने आश्वासन दिएको दाबी गरेका छन् ।

तर दुई वर्षसम्म पनि रकम फिर्ता नदिई आफूलाई ढाट्दै आएको पटवारीको आरोप छ । समस्या समाधानका लागि प्रहरीले पटक–पटक बोलाउँदा समेत ट्रान्स्पोर्ट सञ्चालकहरू अटेरी गर्दै आएको उनले बताए ।

भर्खरै

सम्बन्धित पोस्टहरुः