दुर्गा प्रसाईको रिहाइको माग गर्दै वीरगंजमा प्रदर्शन

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ५ जेठ –

मेडिकल व्यवसायी दुर्गा प्रसाई को रिहाइको माग गर्दै उनका समर्थकहरूले वीरगंजमा प्रदर्शन गरेका छन् । सोमबार साँझ वीरगंजमा पक्राउ परेका प्रसाईको रिहाइको माग गर्दै मंगलबार समर्थकहरूले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि नाराबाजी गरेका हुन् ।

सोमबार दिउँसो वीरगंज आइपुगेका प्रसाई एक होटलमा बसेका थिए । मंगलबार बिहान गहवामाई मन्दिरमा दर्शन गर्ने तथा नारायणी रंगशालामा कोणसभा गर्ने कार्यक्रम तय गरिएको थियो । उक्त कार्यक्रमका लागि जिल्ला प्रशासन कार्यालय पर्साले स्वीकृति दिएको बताइएको छ ।

प्रहरीले सोमबार राति प्रसाईलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको थियो । यद्यपि आज बिहान जारी वक्तव्यमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उल्लेख भए पनि कुन विषयमा अनुसन्धान भइरहेको हो भन्ने खुलाइएको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि जम्मा भएका समर्थकहरूले प्रसाईको रिहाइको माग गर्दै सरकारको आलोचना गरेका छन् ।

सम्बन्धित पोस्टहरुः